पूर्वाञ्चल खबर
गत साउन १२ गते सिगांपुरमा आयोजित एक कार्यक्रममा डा. रोकालाई दक्षिणपूर्वी एशियाका लागी न्यूरो सर्जरी विधामा आइकन अफ हेल्थ केयर २०१८, सिगांपुरबाट सम्मानित गरेको हो ।
आइकन अफ हेल्थ केयर एशिया महादेशमा कार्यरत स्वास्थ्यसँग सम्बन्धित संस्था तथा व्यक्तीहरुलाई हरेक वर्ष प्रदान गरिने सम्मान हो । स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानका पहिचान गर्नुको साथै विश्वव्यापी रुपमा ज्ञान तथा सन्जाल आदान प्रदान गर्ने उद्देश्यले यस सम्मानको शुरुवात गरिएको बताइएको छ ।
सम्मान ग्रहण पछि डा. रोकाले खुशी व्यक्त गर्दे न्यूरो अस्पतालका आफना टिमको तर्फबाट सम्मान ग्रहण गर्दे खुशी तथा कृतज्ञता व्यतm गरेका छन् ।
पूर्व क्षेत्रमा न्यूरो सर्जरीको शुरुवात गरेको डाक्टर रोका विगत आठ वर्षदेखि नेपालको पुर्वी भागमा न्यूरो ओपिडी तथा टाउकोको शल्यक्रिया मात्र हैन न्यूरो सर्जरी सम्बन्धी सचेतना गर्न विभिन्न निशूल्क स्वास्थ्य शिविरहरु गर्दै आएका छन् ।