जोखिममा रहेका वस्तीको व्यवस्थापन गर्नुपर्छ –मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, १४ श्रावण २०७५, सोमबार २१:३०
फाइल तस्वीर

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानववस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताएका छन् ।

गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा संयुक्त रुपमा आज यहाँ आयोजित विपद जोखिम न्यूनिकरण व्यवस्थापन छलफल कार्यक्रममा उनले प्राकृतिक प्रकोपको रुपमा आउने विपदवाट यस क्षेत्रका जनतालाई सुुरक्षित व्यवस्थाका लागि सरकारले आवश्यक सामाग्रीको लागि गोदाम लगायतका सम्पणर््ूा कार्य तयारी अवस्थामा राखेको बताए ।

मुख्यमन्त्री राईले सरकारले प्रदेशमा आईपर्ने विभिन्न जोखिमको न्यूनिकरण गर्नका लागि संघीय लगायत स्थानीय सरकारको सहयोगमा कार्य गर्ने वताउदै संभावित जोखिम क्षेत्रमा आवश्यक पर्ने जस्तोसुकै सहयोगका लागि तयार अवस्थामा रहेको धारणा व्यक्त गरे । उनले प्रदेश सरकार विपत व्यवस्थापनका लागि आवश्यक कोष तथा मुख्यमन्त्री प्राकृतिक विपत्त सहयोग कोष समत खडा गरिरहेको जानकारी दिदै प्राकृतिक प्रकोप लगायत अन्य जोखिम व्यवस्थापनका लागि सवैपक्षसंग आवश्यक छलफल र सहकार्यका लागि कार्य गरिरहेको बताए ।

मुख्यमन्त्री राईले विगत ०७२ सालको भुकम्पमा सवै राजनीतिक दल, भातृ संगठन, नागरिक समाज, सञ्चारकर्मीहरुको सहयोगमा विपत जोखिम न्युनियनकरण गरिएको स्मरण गर्दै दिगो रुपमा यस क्षेत्रमा जोखिम न्यूनियन करण प्रदेश सरकारले कार्य थालनीको शुरुवात गरिसकेको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असोज देखि जेठ महिनासम्म जोखिम न्यूनियकरण अभियानको कार्यमा लाग्नु पर्ने वताउदै नदी किनारामा घर निर्माणमा स्थानीय निकायले रोक लगाउनु पर्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्राकृतिक प्रकोपवाट हुने जोखिम न्यूनिकरणका लागि वजेट विनयोजन गरी आवशयक सामाग्रीको बन्दोवस्तका साथ विभिन्न ५० वटा संघसंस्थासंग सहकार्यका लागि छलफल सम्पन्न गरेको जानकारी दिए ।

सो अवसरमा गृह मन्त्रालयका विपद प्रमुख शंकरहरि आचार्य, प्रेश कानून मन्त्रालयका सचिव समरवहादुर थापा, गृह मन्त्रालयका सह सचिव केदार न्यौपाने, वुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र नेपाल पत्रकार महासंघ प्रदेश नं १ अध्यक्ष विक्रम लुईटेलले जोखिमको क्षेत्रको पहिचान गरी आवश्यक सामाग्रीहरुका साथ तयारी अवस्थामा रहनु पर्ने बताएका थिए ।

कार्यक्रममा गृहमन्त्रालय, आन्तरिक मामला तथा कानून मन्त्रालय, विभिन्न गैरसरकारी संघसस्था, स्काउट, स्थानीय निकायका जनप्रतिनिधि नागरिक समाज ,रेडक्रस र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५