विद्युत चोर्ने सात जना पक्राउ

खबर पूर्वाञ्चल, १४ श्रावण २०७५, सोमबार १४:३६

विराटनगर / मोरङको जहदा गाउँपालीकाबाट प्रहरीले विधुत चोरीमा संग्लग्न सात जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल विधुत प्राधिकरण बिराटनगर बितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय मोरङबाट विधुत चुहावट नियन्त्रणमा खटिएको संयुक्त टोलीले आज पक्राउ गरेको हो ।

टोलीले हुकिङ गरी अनधिकृत रुपमा विधुत प्रयोग गरीरहेका जहदा गाउँपालिका २ बस्ने ३८ वर्षीय दिवाकर चौधरी, ३५ वर्षीय राजन साह, २५ बर्षिय बिनोद साह, जहदा गाउँपालिका ३ बस्ने२९ वर्षीय अजयकुमार मुखिया, ३७ वर्षीय शिवजी साह ,२५ वर्षीय सन्तोषकुमार साह र सोही गाउँपालिका ५ बस्ने ५० वर्षीय लखन हकदारलाई नियन्त्रणमा लिएको मोरङ प्ररीले जनाएको छ ।

नियन्त्रणमा लिईएका व्यक्तिहरुलाई आवश्यक कारवाही प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५