प्रदेश १ मा ७ हजार ६ सय ९१ वटा अपराध

खबर पूर्वाञ्चल, ११ श्रावण २०७५, शुक्रबार १८:२९

विराटनगर / प्रदेश १ का १४ जिल्लामा एक वर्षमा सात हजार छ सय ९१ वटा अपराधिक घटना भएका छन् ।

प्रहरीको तथ्याँक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा भएका अपराधिक घटना मध्ये चार हजार एक सय ५९ वटा फर्छौट भएका छन् । तीन हजार पाँच सय ३२ वटा घटना फर्छौट हुन बाँकी रहेको र ती घटनाको अनुसन्धान जारी रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालका अनुसार सवै भन्दा बढी अपराधिक घटना सुनसरीमा भएका छन् । एक वर्षको अवधिमा सुनसरीमा एक हजार नौ सय ९० वटा विभिन्न अपराधका घटना भएको उनले बताए । सबै भन्दा थोरै तेह्रथुममा एक सयवटा अपराधिक घटना भएका छन् ।

झापामा एक हजार छ सय ८७, इलाममा तीन सय ४२, पाँचथरमा दुई सय ८१, ताप्लेजुङमा एक सय ६७, मोरङमा एक हजार छ सय ३७, सुनसरीमा एक हजार नौ सय ९०, धनकुटामा एक सय ४७, तेह्रथुममा एक सय, भोजपुरमा एक सय ६६, संखुवासभामा दुई सय १८, उदयपुरमा पाँच सय ३५, खोटाङमा एक सय ६०, ओखलढुँगामा एक सय ३० र सोलुखुम्बुमा एक सय ३१ वटा अपराधिक घटना भएको प्रहरीको तथ्याँकमा उल्लेख छ । त्यस्तै एक वर्षको अवधिमा गुण्डागर्दीमा संलग्न एक सय ४३ जनालाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ ।

डीआईजी रिजालका अनुसार गुण्डागर्दीका एक सय ३३ वटा घटना भएका छन् । उहाँले प्रहरीले गुण्डागर्दी नियन्त्रणका लागि तीन महिने विशेष अभियान संचालन गरेको जानकारी दिनु भयो । अभियानका लागि गुण्डागर्दीमा संलग्नको प्रोफाइल तयार पार्ने र उनीहरुमाथि निगरानी गर्न थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५