पूर्वाञ्चल खबर
उनले औषधिको मूल्य बढि लिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीले फार्मीसी सञ्चालकलाई मुद्धा चलाउनको साटो मेलमिलाप गराएर फर्काएको छ । आज प्रहरीले फार्मेसी सञ्चालक मध्येका एक रहबर अलीलाई पक्राउ गरेको थियो । तर पक्राउ गरेको दुई घण्टा नबित्दै मेलमिलाप गराएर फर्काएको हो ।
वडा प्रहरी कार्यालय विराटनगर ‘क’ प्रहरी निरिक्षक प्रमोद कुर्मीले मिलापत्र गराएर पठाएका हुन् । तर कुर्मी भने श्रेष्ठ परिवारले मुद्धा चलाउन नचाहेका कारण मिलापत्र गराएको बताउँछन् ।
फार्मेसीले श्रेष्ठ परिवारलाई १६ हजारको बिल थमाएको थियो । वडा प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले फार्मेसी सञ्चालकले गल्ती भएको बताएपछि पीडितलाई प्रहरीले मिल्न दबाव दिएको थियो । प्रहरीले मिल्न दवाव दिएपछि श्रेष्ठ परिवारले पनि मानेको थियो । फार्मेसी सञ्चालकले कर्मचारीबाट गल्ती भएको भन्दै ६ हजार रुपैया छुट दिएपछि प्रहरीको दबावमा पीडित परिवारलाई दिएका थिए ।
प्रहरीले मुद्धा चलाउन सक्ने भएपनि मिलेमतोमा मिलापत्र गरी पठाएको पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलले गुनासो गरे ।