AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश राजधानीमा काँग्रेसको विरोध सभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७५, मंगलवार २०:२२
9
Shares
विराटनगर / प्रमुख प्रतिपक्षी काँग्रेसले सरकारको विरुद्धमा साउन १५ गते देशव्यापी रुपमा गर्ने तय भएको विरोध कार्यक्रम सशक्त बनाउन मोरङमा ३ सय ५० सदस्यीय समिति गठन भएको छ ।

मोरङ काँग्रेसको आज विराटनगरमा बसेको बैठकले प्रदेश राजधानी विराटनगरमा सशक्त विरोध र्याली तथा सभा गर्ने निर्णय गरेको हो ।

पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा गठन भएको आन्दोलन परिचालन समितिमा प्रदेश सभाका सांसद, पार्टीको जिल्ला समितिका पदाधिकारी सदस्य ,क्षेत्रीय सभापतिहरु, भ्रातृ संस्थाका केन्द्रीय पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका जिल्ला प्रमुखहरु तथा तत्कालीन लोकतान्त्रिक फोरामका केन्द्रीय सदस्यहरु समेटिएका छन् । यसैगरी महानगर, नगर र गाउँ पालिकाका प्रमुख÷उप्रमुख,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले विरोध कार्यक्रमलाई सशक्त बनाउन भूमिका खेल्ने सभापति डिगबहादुर लिम्बूले बताए ।

विराटनगरको वीरेन्द्र सभागृहमा भेला भई गोल्छा मोडबाट निस्कने विरोध र्याली जन आन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत हुने पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले बताए भने,‘सभालाई सम्बोधन गर्ने केन्द्रीय वक्ताको विषयमा टुंगो लागेको छैन । ’काँग्रेसले ७७ जिल्लामा एक साथ सरकारको विरोधमा कार्यक्रम गर्न लागेको हो ।

डा.गोबिन्द केसीका माग पूरा नगरेको, अत्यधिक कर तथा उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको, बंगलादेशमा पढ्न गएको नेपाली चेलीको विषयमा सरकारका जिम्मेवार मन्त्रीबाटै लज्जा बोध हुने अभिव्यक्ति आएको, सरकारको चरित्त अधिनायक वादी हुँदै गएको विरोधमा काँग्रेसले विरोधका कार्यक्रम तय गरेको सचिव घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर