RUMPUM
animated ellipse animated ellipse

एक करोड धरौटीमा छुटे १० करोड घोटलाका आरोपी सुरेश र ललित बोहरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०७५, सोमबार २०:४१
108
Shares
विराटनगर / विराटनगर भन्सार सुख्खा बन्दरगाहाभित्र रहेको वाणिज्य बैंक शाखामार्फत १० करोड रुपैयाँ भन्सार राजस्व अपचलन गर्ने मुख्य आरोपी धरौटीमा छुटेका छन्

मिलेमतोमा बैंकमा दाखिला गर्नुपर्ने राजस्व दाखिला नगरी अपचलन गरेको घटना खुलेपछि फरार रहेका मुख्य अभियुक्तहरू विराटनगर भन्सारका एजेन्ट सुरेश बोहोरा र उनका प्रतिनिधि ललित बोहोरा उच्च अदालत विराटनगरको आदेशबाट धरौटीमा छाडिएका हुन् ।

सुटुक्क अदालतमा हाजिर भएर उच्च अदालत विराटनगरको वाणिज्य इजलासमा आइतबार भएको बयान र बहसपछि आइतबार नै न्यायाधीश थीरबहादुर कार्की र बालेन्द्र रुपाखेतीको संयुक्त्त इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

अदालतको आदेशअनुसार एजेन्ट सुरेश ८० लाख र प्रतिनिधि ललित २५ लाख धरौटी बुझाएर तारेखमा पुर्पक्ष गर्ने गरी छाडिएका हुन् ।
सुरेशले एनएलाइसी बैंक र ललितले लक्ष्मी बैंकलाई धरौटीका लागि ग्यारेन्टी राखेका छन् ।
यसैगरी राजस्व अपचलन आरोपमा मिलिभगत गरेको आरोपमा पक्राउ परेर अदालतको आदेश अनुसार धरौटी बुझाउन नसक्दा जेल चलान भएका विराटनगर भन्सार सुख्खा बन्दरगाहा काउन्टरका सहायक अधिकृत तोर्ण राउत र शाखा प्रमुख अधिकृत विष्णुप्रसाद निरौलाले जनही ७५ लाख धरौटी बुझाएका छन् ।

बैकिंङ कसुर आरोपमा उच्च अदालत विराटनगरले उनीहरूलाई ४ करोड धरौटी माग गरेको थियो । बुझाउन नसकेपछि जेल चलान भएका उनीहरूले सर्बोच्चमा अपिल गरेका थिए । सर्बोच्चले धरौटी कम गरेपछि उनीहरू जेथा जमानी राखेर छाडिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर