पूर्वाञ्चल खबर
विराटनगरमै कक्षा ११ र १२ पढ्दै गरेका विद्यार्थीको निम्ति तयारी कक्षा संचालन हुन लागेको ग्राजुएट कोचका एकेडेमीक प्रमुख डा. साहिल थपलियाले बताए । उक्त सस्थाले आज आयोजना गरेको तयारी परीक्षामा ४ सय विद्यार्थी सहभागि रहेका थिए ।
बिराटनगरको आदर्श स्कूलमा भएको उक्त परीक्षा दिन बिराटनगरका कलेजबाट मेडिकल तथा इन्जीनियरीङमा रुची हुने बिद्यार्थीहरुको भिड रहेको थियो ।
नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्ति , आइओएम छात्रवृत्ति तथा आइओइको छात्रवृत्तिको लागि कक्षा १२ पढ्दा पढ्दै बिद्यार्थीले तयारी कक्षा लिन सक्ने डा. थपलियाले जानकारी दिए । उक्त कोर्ष पूर्णरुपमा मेडिकल तथा इन्जीनियरीङको प्रवेश परीक्षालाई आधार बनाएर तयार पारिएको तथा नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्ति ,आइओएम छात्रवृत्ति तथा आइओइको छात्रवृत्ति पाएका शिक्षक स्वयंमले कक्षा लिने हुदा बिद्यार्थीलाई मेडिकल ,नर्सिंङ तथा इन्जीनियरीङ पढ्नका लागि सहज हुने दाबी डा.थपलियाको रहेको छ ।
डा.थपलिया स्वयम् पनि नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्तिमा डाक्टर पढेको हुनाले सहि व्यक्तिबाट तयारी कक्षा लिदा विद्यार्थीलाई फाइदा पुग्ने दाबी संचालकको रहेको छ ।
बिराटनगरको महेन्द्र चोकमा रहेको उक्त इन्स्टिच्युटमा आगामी शनिबार देखि कक्षा संचालन हुने छ ।