बाल विवाह मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राख्दै मन्त्रीलाई ज्ञापन पत्र

खबर पूर्वाञ्चल, ४ श्रावण २०७५, शुक्रबार १९:१६

विराटनगर / प्रदेश नम्बर १ लाई बाल विवाह मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग सहित सरोकारवाला निकायले प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् ।

बाल विवाह विरुद्धको अभियानमा सकृय संस्थाहरुको सञ्जाल संस्थागत विकास सञ्जालले बाल विवाह मुक्त प्रदेशको घोषणाकालागि काम गर्न माग सहित ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश नम्बर १ का विभिन्न जिल्लाहरुमा काम गरिरहेका नौ वटा संस्थाहरुले बाल विवाह विरुद्धको बर्ष घोषणा गरी प्रदेश सरकारले विशेष अभियान चाल्नु पर्ने, विद्यालय स्तरको पाठयक्रममा बाल विवाह सम्बन्धी विषयबस्तु समावेश गर्नुपर्ने, बाल विवाह सम्बन्धी उजुरी दिन प्रत्येक वडा कार्यालयमा हटलाइनको व्यावस्था गरिनुपर्ने, बाल विवाह गर्ने र गराउनेलाई राज्यबाट दिइने सुविधा बन्द गराइनुपर्ने, सन २०२५ भित्र प्रदेश १ लाई बालविवाह मुक्त प्रदेश बनाइनुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल विवाह रोक्न प्रदेश सरकार योजना बनाएर लाग्ने बताए । अशिक्षाका कारण तराईका क्षेत्र र पहाडी क्षेत्रमा बाल विवाह नरोकिएको बताउदै उनले बाल विवाह संस्कार संस्कृतिका उपज भएको बताए । प्रदेश सरकारले सबै सरोकारवाला निकायस“ग समन्वय गरेर बालविवाह मुक्त प्रदेश घोषणा गर्नकालागि अभियान सञ्चालन गर्ने मन्त्री घिमिरेले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५