पेस्तोलसहित तीन जना पक्राउ

खबर पूर्वाञ्चल, ३ श्रावण २०७५, बिहीबार २०:०२

विराटनगर / लागु औषध सहित विराटनगरबाट पक्राउ परेका दुई जना व्यक्तीहरुमाथी अनुसन्धान गर्दा अमेरिकम पेस्तोल फेला परेको छ । साउन १ गते विराटनगर महानगरपालिका ७ स्थितबाट दुईजनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथी खानतलासी गर्दा लागु औषध बरामद भएको थियो ।

बेलबारी नगरपालिका ७ घर भई सुनसरी इटहरी ९ मा बस्दै आएका संजय चौधरी’ भन्ने सुर्यनारायण चौधरी, सुन्दरहरैचा २ का २० बर्षिय राज चौधरीलाई खानतलासी गर्दा लागु औषध फेला परेको हो । प्रहरीका अनुसार सुर्यनारायण चौधरीको नाइट्रोजन एक पत्तामा १० चक्की भएको ३ पत्तामा जम्मा ३० (तिस) चक्की र राज चौधरीको साथबाट निट्राभेट ज्ञण् लेखिएको एक पत्तामा १० चक्की भएको २ पत्तामा जम्मा २० (बिस) गरी ५० चक्की लागु औषध बरामद गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुर्दा सूर्यनारायणको घरमा लुकाई छिपाई राखेको मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल थान १ र सो पेस्तोलमा लाग्ने म्याग्जिन सहितको ३ राउण्ड गोली समेत बरामद भएको छ ।

अनुसन्धानकै क्रममा उक्त पेस्तोल निज सुर्य नारायण चौधरीले सुनसरी दुहवी नगरपालिका २ का मोहमद अलाउदीनसँग गएर भारतबाट भारत ल्याएको भन्ने जानकारी पाएपछि अलाउदिनलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ परेका अभियुक्तहरु मध्ये राज चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरीएको छ भने सुर्य नारायण चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ र हात हतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्धा दर्ता गरीएको छ भने मोहमद अलाउदीनलाई हात हतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सञ्जय भनिने सूर्यनारायण यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५