पूर्वाञ्चल खबर
धनपालथानको दादरवैरियामा आज एक कार्यक्रमको आयोजनागरी सो वार्डलाई खुला दिसामुक्त वर्डा घोषणा गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष मोहमद्ध हुसेनले आजदेखि ६ नम्वर वडा खुला दिसामुक्त भएको घोषणा गरे ।
१ हजार ५ सय ३५ घरधुरी रहेको सो वडाको सवैको घरमा चर्पि निमार्ण भएपछि वडालाई खुल्ला दिसामुक्त वर्डा घोषणा अध्यक्ष हुुसेनले वताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले खुल्ला दिसामुक्त घोषणालाई सार्थक वनाउन सवैले चर्पिमा दिसा गर्ने वानिको विकास गर्नु पर्नेमा जोड दिए ।
धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले साउनको दोश्रो साता भित्रमा खुल्ला दिसामुक्त गाउँपालिका घोषण गर्ने गरी तयारी भइरहेको वताए । गाउँपालिकाका कार्यकारी अधिकृत वावुराम शर्मा लुइटेलले खुल्ला दिसामुक्त अभियान सफल वनाउनेदेखि गाउँपालिकाले विकास निमार्णमा र सरसफाईमा समेत ध्यान पु¥याई रहेको वताए ।
पाँच नम्वर वडा अध्यक्ष गयानन्द सरदार धनपालथान गाउँपालिकाका शिक्षा शाखा प्रमुख ऋषिकेष पोखरेलले ६ नम्वर वडा आजदेखि खुल्ला दिसा मुक्त घोषणा भएकोमा खुशि व्यक्त गरे । धनपालथानको सातवटा वडामध्ये १, ५ र ७ नम्वर वडा यस अघि खुलादिसामुक्त वडा घोषणा भइसकेका छनभने अव २, ३ र ४ नम्वर वडा खुल्ला दिसामुक्त वार्ड घोषणा हुन वाकी रहेका छन् ।