धरानका मेयर सुब्बाको उपचारको क्रममा निधन

खबर पूर्वाञ्चल, १ श्रावण २०७५, मंगलवार १४:४३

काठमाण्डौ /नेपाल कम्युनिष्ट पार्टीका नेता तथा धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बाको निधन भएको छ । ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

एक महिनादेखि काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारत सुब्बाको मंगलबार दिउँसो १ बजे निधन भएको सुब्बाका प्रेस संयोजक योगेसबाबु काफ्लेले जानकारी दिए ।

निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो । ५६ बर्षीय सुब्बालाई छातिमा निमोनियाको इन्फेक्सन भएपछि हुई सातादेखि काठमाडौ स्थित ग्रान्डि अन्तराष्ट्रिय हस्पिटलमा उपचारत रहेका मेयर सुब्बाको स्वास्थ्यमा सुधार आइरहेको बताइएको थियो ।

उनलाई केही दिनमै सघन उपचार कक्ष आइसीयूबाट जनरल वार्डमा सार्ने तयारी गरिएपनि पुन समस्या बल्झेको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो । सुब्बाका श्रीमती र एक छोरा रहेका छन् ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५