AArya
RUMPUM
animated ellipse animated ellipse

नव आगन्तु विद्याथीलाई लर्डबुद्ध कलेजमा अभिमुखिकरण गोष्ठी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०७५, मंगलवार १४:१९
3
Shares
विराटनगर / विराटनगरमा १० मा रहेको लर्डबुद्ध कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायमा १२ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका यूनीभर्सल लर्डबुद्ध एकाडेमी प्रालीका अध्यक्ष नितीनचन्द्र गजुरेल कलेजका प्लस टु का प्रिन्सिपल सिएम श्रेष्ठ, कलेजका क्याम्पस प्रमुख विक्रम महर्जन, विज्ञान संकायको को–अडिनेटर अमित सरकार, व्यवस्थापन संकायको को–अडिनेटर इसान राई, कलेजका सस्थापक सरोज भट्रराई र सञ्चालक देवीमाया सिवाकाटीलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।

कलेजमा भर्ना भएका विज्ञान संकायमा २ सय ३५, होटेल मेनेजमेन्टमा १ सय ३५ र व्यवस्थापन संकायमा २ सय जना विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर