हटिया व्यवस्थापन कञ्चनवारीवाट उपयुक्त स्थान खोज्दै वडाध्यक्षहरु

खबर पूर्वाञ्चल, ३१ असार २०७५, आईतवार १८:२३

विराटनगर / विराटनगरका सडकमा साप्ताहिकरुपमा लाग्दै आएको हाटबजारलाई व्यवस्थित वनाउने अभियानको शुरुवात वार्ड नं ४ वाट गरिएको छ ।

कञ्चनवारी पश्चिम नोवेल हस्पिटल जाने सडकमा शुक्रवार हाट लाग्दै आएको थियो । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आजदेखि शुरु गरिएको छ । व्यवस्थित वजारका लागि सडको छेउमा रहेको झण्डै १ विगाहा जमिनलाई तीन लेनमा विभाजन गर्ने र प्रत्येक व्यापारीलाई २ मिटरको जग्गाको दरले चिन्ह लाएर प्रदान गर्ने वार्ड नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए ।

सडकमा अबरोध पुग्ने गरी अव कसैले पनि हटिया लाउन पाउने छैनन् । सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षहरुलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् । प्रत्येक वार्डका विभिन्न स्थानमा लाग्ने हटियाहरु सडकमै लाग्ने गरेका थिए । अव भने सडक भन्दा बाहिरको खालि भाग या उपयुक्त स्थानमा हटिया लाउने अभियानमा वडाध्यक्षहरु जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५