पूर्वाञ्चल खबर
आयल निगमको कार्यालय विराटनगरमा आज एक समारोहकाबीच लक सिस्टमको निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त उद्घाटन गरेको हो । उद्घाटन समारोहमा बोल्दै निगमका कार्यकारी निर्देशक भट्टराईले आधुनिक लक सिस्टम कुनै पनि हालतमा सफल हुने बताए ।
भट्टराईले लक सिस्टम लागू गर्ने विषयमा छलफल गर्दा यसअघि अवरोध भएको भन्दै आक्रोश व्यक्त समेत गरे । यद्यपि अहिले सबै पक्ष लक सिस्टमको पक्षमा आएको पनि उनले जानकारी दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले आधुनिक प्रविधिको रुपमा आएको लक सिस्टमलाई सफल बनाउनु पर्ने बताए ।
लक सिस्टम लागू भएसँगै आयल निगमका ३ सय ४० वटा तेल ट्यांकरमा ताला लगाएको छ । उक्त ताला भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ । सेन्सर सहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवाद सिर्जना हुने समस्याको ९० प्रतिशत समाधान हुने आयल निगमको दाबी छ ।