गंगामायाले तोडिन् ४५ दिनपछि अनसन, माग पूरा गर्ने सरकारी प्रतिबद्धता

खबर पूर्वाञ्चल, २९ असार २०७५, शुक्रबार २०:०५

काठमाडौं / लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले सरकारले दुई बुँदे सहमति गरेपछि अनशन तोडेकी छिन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कानुनमन्त्री शेरबहादुर तामाङले वीर अस्पतालमा उपचारत गंगामायालाई जुस खुवाएर अनसन अन्त्य गराएका हुन् ।
। सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारी अनशन तोड्न सहमत भएकी हुन् । सहमतिको बुँदामा एक करोडको अक्षय कोष स्थापना गर्ने र गंगामायाका छोराको खोजी गर्न एक समिति गठन गर्ने उल्लेख छ । सहमतिपत्रमा कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै उनी ४५ दिनदेखि आमरण अनशनमा बसेकी थिइन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् । उनका छोरा कृष्णप्रसादको तत्कालीन विद्रोही माओवादीले हत्या गरेका थिए । हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य भने बेलायतमा लुकेर बसेका छन् । उनलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ । गोरखा फुजेलका ७८ वर्षीय छबिलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेसँगै गंगामाया अधिकारीको अनशन तोडाउने प्रयास सुरु भएको थियो ।

सरकारका तर्फबाट कानुनमन्त्री शेरबहादुर तामाङले मानवअधिकारकर्मीहरुसँग छलफल गरेर गंगामायाको अनशन तोडाउने तयारी गरेका थिए।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.