RUMPUM
animated ellipse animated ellipse

बडीविल्डीङ र फिटनेस क्लवलाई ब्यवस्थित गर्न प्रशिक्षक तालिम हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ असार २०७५, बिहीबार १८:३६
3
Shares
विराटनगर / बडीविल्डीङ र फिटनेस क्लवहरु ब्यवस्थित ढंगले सञ्चालन गर्न विराटनगरमा पहिलो पटक एक हप्ते प्रशिक्षक तालिम सञ्चालन गरिने भएको छ ।

मोरङ बडि विल्डङ एण्ड फिटनेस एसोसिएसनले आज विराटनगरमा पत्रकार सम्मेलन साउन ५ देखि ११ गते सम्म प्रदेश स्तरिय तालिम दिन लागेको जानकारी दिएको हो ।

वर्षौ देखि फिटनेस क्लवहरु सञ्चालन हुँदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्ष बनाउँन यस्तो तालिम दिन लागेको एसोसिएसन मोरङका अध्यक्ष अमलेश कर्णले जानकारी दिए । पछिल्लो समय फिट हुन, स्वस्थ हुन फिटनेस धाउनेको सङख्या बढ्दै गएको कारण उपकरण, न्युट्रेसन, जस्ता कुरामा बढी ध्यान दिनुपर्ने भएकोले प्रशिक्षकहरुलाई तालिम दिन लागेको उनले बताए । ‘ठुलो लगानी भएपनि सुचिकृत प्रशिक्षक नहुँदा समस्या छ,’ उनले भने, ‘प्रशिक्षक उत्पादन गर्न प्रदेश नम्बर १ लाई लक्षित गरेर तालिम संचालन गर्न लागेको हो ।’

वाहिरबाट हेर्दा मात्र एक्सरसाइज जस्तो देखिएपनि यसका लागि धेरै कुरा मिलाउन आबश्यक भएको र नयाँ प्रविधिको वारे पनि ज्ञान हासिल गर्नुपर्ने अध्यक्ष कर्णको भनाई छ । प्रशिक्षणका लागि काठमाण्डौ र विदेशबाट पनि प्रशिक्षक ल्याउने आयोजकले जनाएको छ ।

मोरङमा १७ सहित प्रदेश १ मा ३५ बटा बडिविल्डीङ र फिटनेस सेन्टर भएपनि करको दायरामा नआएकोले एसोसिएसनले करको दायरामा ल्याउन पनि पहल गर्नै उनीहरुले प्रतिबद्धता जाहेर गरेका थिए । विराटनगरमा मात्र २५ लाख देखि ५ करोड लगानी गरेर यस्ता फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. Khandbari fitness club.Sankhuwasabha Khandbari bata ne participant hunu paya huntyo.but kasre?

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर