पूर्वाञ्चल खबर
रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा भर्खरै सम्पन्न पहिलो सेमिफानल खेलमा बेल्जियमलाई १–० ले स्तब्ध पार्दै फ्रान्स तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । फ्रान्सले उपाधिका लागि क्रोएसिया र इंग्ल्याण्डबीच विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।
पहिलो पटक फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रेको बेल्जियम फान्ससँग पराजित भएको छ । फ्रान्सको जितमा ५१ औंै मिनेटमा डिफेन्डर स्यामुयल उम्टिटीले हेडमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए । उनले एन्टोनियो ग्रिजम्यानकोे कर्नर बलमा हेडमार्फत गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा निर्धारित र इन्जुरी समयमा बेल्जियमले पाएका सुनौला अवसरलाई पोस्टको दिशा दिन नसक्दा सेमिफाइनलबाट घर फर्कन बाध्य भयो ।