AArya
RUMPUM
animated ellipse animated ellipse

डा. केसीको स्वास्थ्य झन् गम्भीर, मुटुको चालमा गडबडी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ असार २०७५, मंगलवार ०७:०५
3
Shares
फाइल तस्वीर
जुम्ला । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन कमजाेर भएकाे छ। म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा मुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिँदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरुले औंल्याएका छन्।

डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन पनि नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आईभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणुकमार गिरी, धीरज गुरुङ र सिद्धार्थ खातीले जनाएका छन् ।

सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ। आजको अन्नपूर्ण पाेस्ट दैनिकमा यो समाचार छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर