AArya
RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका तीन जना सहयोगी कारागार चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ असार २०७५, सोमबार १६:१६
3
Shares
विराटनगर / साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण मुद्दामा पूरक अभियोग लगाइएका ७ मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माले आज दिएको आदेश अनुसार काठमाण्डौ १६ स्वयम्भूका ५४ वर्षिय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ्ग, काठमाण्डौ ६ गौरीघाटका ४२ वर्षिय रामकुमार तिवारी र काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवाल पुर्पक्षको लगि थुनामा पठाउन आदेश आएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

त्यस्तै उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्तकुमार आचर्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, र दोलखा चरिकोट १ का ४३ वर्षिय मोतीराम श्रेष्ठ जनही १ लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएकोे जिल्ला अदालत मोरङले जनाएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो । प्रतिवादी मध्ये संन्जिव खड्का हाल फरार रहेका छन् ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी गोरे, प्रहरी अधिकारी सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर