प्राण गए पनि प्रण तोड्दिनँः डा केसी

खबर पूर्वाञ्चल, २३ असार २०७५, शनिबार ०९:२५
फाइल तस्वीर

काठमाडौं /अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् ।

जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश हुबहु कार्यान्वयन नगरेसम्म अनशन बसिरहने बताएका हुन् ।

‘१५औँ अनशनसम्म आइपुग्दा समेत पुरानै मागलाई बंगाएर सरकारले माफियामुखी विधेयक ल्याउन खोज्छ भने मेरो सत्याग्रह जारी रहन्छ, कदापि देशमा लुटतन्त्र मौलाउन दिन्नँ, बरु मेरो प्राण जाओस्, देश र जनताका लागि गरेको प्रण कुनै पनि हालतमा तोड्दिनँ,’ केसीले भने ।

उनले माग पूरा नभएसम्म जुम्लाबाट काठमाडौं नफर्किने पनि बताए । आफूलाई काठमाडौं फर्काएर अनशन तुहाउने षड्यन्त्र रचिएको पनि आरोप लगाए । आजको नयाँ पत्रिका दैनिकाले यो खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५