AArya
RUMPUM
animated ellipse animated ellipse

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई १० वर्षको जेल सजाय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०७५, शुक्रबार १९:४८
3
Shares
काठमाडौं / पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले नवाजलाई १० वर्ष र उनकी छारी मरियमलाई सात वर्षको जेल सजाय सुनाएको छ । नवाजलाई ८० मिलियन र मरियमलाई २० लाख पाउण्ड जरिवानासमेत तोकेको छ । यो रकम राज्यकोषमा दाखिला हुनेछ ।

पाकिस्तानमा २५ जुलाईमा हुने चुनावमा लाहोरको सिट एन १२७ बाट चुनाव लडने तयारीमा रहेकी मरियमले यो फैसलासँगै चुनाव लड्न अयोग्य भएकी छिन् । सर्वोच्च अदालतको फैसलासँग प्रधानमन्त्री पद गुमाएका नवाज शरीफ पनि चुनाव लड्न पाउँछैनन् ।
अदालतले मरियमका पति प्याप्टेन सरदारलाई पनि एक वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । नौ महिलासम्म चलेको सुनुवाइपछि अदालतले लण्डनस्थित एभेनफिल्ड अपार्टमेन्ट पनि जफत गर्न आदेश दिएको छ । यो भवन नवाज परिवारको सम्पत्तिमा रहेको मानिएको थियो र यही कारण भ्रष्टाचारको मुद्दा चलेको थियो ।

नवाज शरीफले श्रीमती विरामी रहेको र आफू तुरुन्त पाकिस्तान आउन नसक्ने भन्दै भन्दै यो मुद्दाको फैसला ७ दिन स्थगित गर्न निवेदन दिएका थिए । तर, सुनुवाइ भएन । उनी हाल लण्डनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर