पूर्वाञ्चल खबर
भारुसँग नेरुको विनिमय दर स्थिर रहने गरे पनि भारूकाे मूल्य घट्दा नेरू कमजाेर भएकाे छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि भारतको चालू खाता घाटा बढ्ने चिन्ताले डलरको तुलनामा भारु सस्तो भएको छ।
भरुमा डलरको जेजस्तो प्रभाव पर्छ त्यसको सोझो असर नेरुमा पर्छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक डलरबाराबर ११० रुपैयाँ ६२ पैसा विनिमयदर तोकेको थियो। अघिल्लो दिन ११० रुपैयाँ २८ पैसा तोकिएको थियो। यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो। आजको आर्थिक अभियान दैनिकले यो समाचार छापेको छ ।