पूर्वाञ्चल खबर
आज एक कार्यक्रमका वीच मेयर भीम पराजुलीले डसविन राखेर कार्यक्रमको थालनी गरेका छन् । डसविन महेन्द्रचोक देखि ट्राफिक चोक, मेनरोडहुदै तीनपैनी ,पानिटंकी देखी पुष्पलालचोक सम्म राखिने भएको छ । विहिवारमात्रै महेन्द्रचोक ,ट्राफिकचोक हुदै गोल्छामोडसम्म २ सय डसविनहरु राखिएको थियो । बाकी डसविनहरु आबश्यकता अनुसार राखिने मेयर पराजुलीले जानकारी दिए ।
अव चुइगम,लकलेट ,विस्कुटका खोलहरु साथै विभिन्न प्रकारका फोहरजन्य पदार्थहरु डसविनमा फाल्नुपर्ने छ । फोहर व्यवस्थापनलाई विशेष अभियानकैरुपमा निरन्तरता दिने मेयर पराजुलीको भनाइ छ ।
कार्यक्रमका विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,सम्यूक्त टोल संगठनका संयोजक राजेश मास्के ,वडाध्यक्षहरु निश्चल अर्याल, मिनकुमार आर्चाय, जिल्ला ट्राफिक कार्यालयका प्रमुख शिब पोखरेललगायतको उपस्थिती रहेको थियो ।