विराटनगरकाको अरनिको र मेरिल्याण्डलाई राष्ट्रिय सम्मान

खबर पूर्वाञ्चल, २१ असार २०७५, बिहीबार २०:४६

विराटनगर / विराटनगरमा रहेको अरनिको कलेज र मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेका छन् ।

फोकस नेपालले विज्ञान अरनिको र व्यावस्थापन तर्फ विराटनगरको मेरिल्याड कलेजले शिक्षा सेवा सम्मान प्राप्त गरेका छन् । काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अरनिको र मेरिल्याण्ड कलेजका प्रिन्सिपललाई पूर्व प्रधानमन्त्री खिलाराज रेग्मीले शिक्षा सेवा सम्मान प्रदान गरेका थिए ।

देशमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएका भन्दै विराटनगरका मेरिल्याण्ड र अरनिकोलाई फोकस नेपालले सम्मान गरेको हो । मेरिल्याण्डको तर्फबाट कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल र अरनिकोका प्रिन्सिपल राजेश कार्कीले सम्मान ग्रहण गरेका थिए ।

एकमहिना अगाडी मेरिल्याण्ड कलेजलाई कान्तिपुर मिडिया गु्रपको साप्ताहिक पत्रिकाले देशकै दोस्रो उत्कृष्ट कलेजको रुपमा पुरस्कृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५