चाँदीसहित भारतीय नागरीक पक्राउ

खबर पूर्वाञ्चल, २१ असार २०७५, बिहीबार २०:२०

विराटनर/ भारतको जोगवनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको १९ तोला ९३ ग्राम चाँदी सहित एक जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरले भारतको अररीया जमुवा ग्रामपंचायतका २२ वर्षिय राजकुमार शाहलाई अवैध चाँदीसहित विराटनगर १५ हुलास मेटल चोकबाट पक्राउ गरेको हो ।

‘शंकास्पद लागेपति चेकजाँच गर्ने क्रममा अवैध चाँदी सहित भारतीय नगरिक साहलाई पक्राउ गरेको हो,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले भने, ‘खोजतलासी गर्ने क्रममा उनको साथबाट अवैध चाँदी फेला प¥यो ।’साहले बोकेको झोलाबाट प्रहरीले चाँदीको तयारी गहना, हातमा लगाउने पंन्जा २ जोर, औंठी २४ वटा, स–साना चाँदीको दानाहरु प्रहरीले बरामद गरेको हो । प्रहरीको अनुसार काचो चाँदी लुकाई छिपाई गरेर भारत पु¥याउने र आर्षणक गरगहना बनाएर अवैध रुपमा नेपाल भित्राउने गरेको बताइएको छ ।

बरामद गरेको अवैध चाँदीको सामाग्रीहरु विराटनगरमा सुनचाँदी पसलको अर्डन अनुसार लाने गरेको एक प्रहरी अधिकृतले जानकारी दिए । प्रहरीले बरामद गरेको अवैध चाँदी आजै बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५