पूर्वाञ्चल खबर
नयाँ पत्रिका दैनिकका अनुसार अहिले फुटपाथ भत्काइएकाले सिंहदरबार हिलाम्मे छ । फुटपाथका स्ल्याब निकालेर हतारहतार नयाँ राखिँदै छ । सिंहदरबार मर्मतसम्भारको जिम्मा पाएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भने कार्यक्रम स्वीकृत नै ढिलो भएकाले अन्तिम अवस्थामा काम गर्नुपरेको जनाएको छ ।
समाचार अनुसार पुँजीगत अर्थात् विकास खर्चको अवस्था दयनीय छ । गत वैशाखसम्म अर्थात् १० महिनामा १ खर्ब ३५ अर्ब अर्थात् ४० प्रतिशत मात्रै विकास खर्च हुन सकेको छ । जेठ महिना र असार मध्यसम्म गरी डेढ महिनामा भएको खर्च ४५ अर्ब अर्थात् १३.५ प्रतिशत छ । अब जति हतपत गर्दा पनि खर्च नुहने बजेट १ खर्ब १ अर्ब अर्थात ३० प्रतिशत छ । आजको नयाँ पत्रिका दैनिकले यो समाचार छापेको छ ।