AArya
RUMPUM
animated ellipse animated ellipse

स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन २४ वर्षपछि विश्वकपको अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ असार २०७५, मंगलवार २१:४०
3
Shares
विराटनगर/ स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन २४ वर्षपछि विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ । यस अघि सन् १९९४ मा अमेरिकामा सम्पन्न भएको विश्वकपको सेमिफाइनलमा पुगेको स्विडेन त्यसयता क्वार्टफाइनलमा पुग्न सकेको थिएन ।
रसियामा भर्खरै भएको प्रिक्वार्टरफाइनले खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १–० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफ ६६ मिनेटमा स्विडेनका इमिल फोर्सवर्गले हानेको प्रहार डिफेक्ट भएर गोलपोस्ट भित्र छिरेको थियो । फोर्सवर्गको प्रहार स्विजरल्याण्डका डिफेन्डर म्यायुनयल एकान्जीको खुट्टामा लागेर छिर्दा स्विट्जरल्याका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा स्विट्जरल्याण्डका डिफेन्डर लाङलाई रेफ्रीले सिधा रातो कार्ड देखाएर मैदान बाहिर पठाएपछी स्विट्जरल्याण्ड १० खेलाडीमा सीमित बन्यो । स्विडेनले काउन्टरमा बल अघि बढाइरहेको बेला उनले फल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर