RUMPUM
animated ellipse animated ellipse

डुवान रोक्न नाला सफाई अभियानमा महानगर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०७५, मंगलवार १८:०२
3
Shares
विराटनगर / विराटनगर महानगरले वर्षादको समयमा हुन सक्ने डुवान समस्या समाधानका लागि नाली सफाई अभियानलाई तीब्र पारेको छ ।

महानगरले सिंघाइ नदी र केशलिया खोलासंग जोडिएका सवै शाखा नालीहरुलाई खोल्ने काम गरिरहेको छ । महानगर भीत्रका मूख्य नाली ,पैनी र खोल्सा खाल्सीहरु पुरिएकाले सफाई अभियान थालिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । मेयर पराजुलीले गएका वर्षहरुझै यसपटक समस्या नआओस भनेर खोलासंग जोडिएका सवै नाला सफाई गराउने काम भइरहेको बताए ।

निकासका नालाहरु सफा नहुदा गत वर्ष विराटनगर वासीहरुले ठूलै सास्ती वेहोर्नु परेको थियो । सामान्य वर्षाद हुदा समेत जलमग्न हुने विराटनगरको यो समस्या समाधानका लागि महानगर पूर्व तयारी गरिरहेको छ । स्काभेटरको प्रयोग गरेर ठूला नालीहरु सफा गर्ने देखि सडक नालाको समस्या समाधानमा महानगर जुटिरहेको छ । व्यपारिक विस्तार आयोजना सिक्सलेनसंग अधिकांश नालाहरु जेडिएकाले केही डुवान समस्या भने यसवर्ष पनि झेल्नु पर्ने हो की भन्ने आशंका रहेको मेयर पराजुलीको भनाई छ ।

वडास्तरमा स्काभेटर र जनशक्ति प्रयोग गरेर नाला तथा खोल्सा खोल्सी सफा गर्ने काम भइरहेको छ । विराटनगर स्थित वार्ड नं १२ मा रहेको च्याङवारी सफा गराउनका साथै ११ सय मिटर आउटलेट ड्रेन बनाउने काम अन्तिमचरणमा पुगेको छ भने वार्ड नं ६ र वार्ड नं १२ मा जोडिदै केशलिया पुग्ने धुदुवा पैनी सफा गराउने काम सम्पन्न भइसकेको छ । यस्तै सिंघाइ संग जोडिएका वार्डहरुका सवै नालीहरु सफा गराउने काम भइरहेको छ । सिंघाइ र केशलीयासंग जोडिएका सवै नालाहरु पूर्णरुपमा सफाइ भए डुवान समस्या समाधान हुने महानगरको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर