पूर्वाञ्चल खबर
मनोरञ्जनका लागि जुवाघर अर्थात क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भिइरहेको छ । सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा भने कडाइ गरेको छैन ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७४–७५ को पहिलो १० महिनामा ६ वटा मुलुकबाट ११ करोड ९५ लाख मूल्इको झण्डै १ करोड एक लाख ६२ हजार प्याकेट तास आयात भएको छ । यसबाहेक भारतबाट खुला सीमा प्रयोग गरेर हजारौं प्याकेट आयात भइरहेको तासको कुनै लेखाजोखा छैन ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।