पूर्वाञ्चल खबर
जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा पाँच पल्टको विश्व विजेता ब्राजिलसँगको भेट पक्का गरेको छ।
ऋाज विहान सम्पन्न भएको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । जापानकालागि खेलको ४८ औं मिनेटमा जेन्की हारागुचीले गाकु सिवासाकीको पासमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउँदा ताकासी इनुयीले सिन्जी कागवाको पासमा ५२ औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफदेखिनै आक्रामक खेल खेलेपनि अग्रता बनाउन नसकेको बेल्जियम दुई गोलले पछि परेपछि जापान विरुद्ध अझै आक्रामक रणनीतिमा प्रस्तुत भएको थियो । बेल्जियमका कैयौं प्रहार बचाएका जापानका गोलरक्षक इजी कावासिमाले खेलको ६९ औं मिनेटमा भने जान भर्टोनगेनले गरेको हेडिङ भने जोगाउन सकेनन । पहिलो गोल गरेको पाँचौ मिनेटपछिनै बेल्जियमका फेलानीले इडेन हाजार्डको पासमा हेडिङ मार्फतनै खेल बराबरीमा ल्याई पुर्यायो ।
निर्धाति ९० मिनेटमा बराबरीमा सकिएको खेलमा चार मिनेट अतिरिक्त समय थपिएको थियो । जसको चौथो मिनेटमा जापानमा डिफेन्डर अघि बढेको मौका छोप्दै बेल्जियमका नासेर चडलीले गोल गर्दै बेल्जियमले ३–२ को सनसनीपूर्ण जित हात पार्यो । अन्तिम मिनेटमा सुन्दर काउन्टर आक्रमणमा गोल गर्दै बेल्जियमले नाटकीय जित हात पार्न सफल भएको हो ।
जापानको यो पराजयसँगै विश्वकप यात्रा टुंगिएको छ । जापान विश्वपकको इतिहासमा पहिलोपटक प्रयोगमा आएको फेयरप्ले निर्णयका आधारमा नकआउट चरणमा पुगेको थियो । समूहचरणमा सेनेगल र जापानको अंक र गोल बराबरी भएपछि खेलको निर्णय फेयरप्लेबाट लिइएको थियो ।