CLASSICTECH NET

रोकिएन सुन तस्करी : नाकढुंगाबाट ९ केजी सुन बरामद !

खबर पूर्वाञ्चल, १८ असार २०७५, सोमबार ०८:१०

काठमाडौं / प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ । आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो ।

आईतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् । धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा. ९५ प ८१६४ न. को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको थियो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आईतबार साँझ ७ बजे सुन बरामद गरेको हो ।

साढे ३३ केजी सुन र सनम शाक्य हत्या अनुसन्धानका लागि गठित सरकारी उच्चस्तरीय छानबिन समितिको अनुसन्धानले पनि तस्करलाई खासै प्रभाव नपरेको देखिएको छ ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले नेपालमा सुन तस्करी गर्ने ठूलो गिरोह रहेको, तर त्यसमा अनुसन्धान पुग्नै नसकेकाले तस्करीले निरन्तरता पाएको बताए । उनले भने, ‘सरकारबाट गठित छानबिन समितिको अनुसन्धान दायरा सिमित छ ।

यसले एउटा मात्रै घटनालाई लिएर अनुसन्धान गर्नु स्वाभाविक हो । त्यो आवश्यक पनि छ । तर, यहाँ तस्कर धेरै छन् । जहाँ न प्रहरीको अनुसन्धान पुग्न सकेको छ, न अनुसन्धान समितिको नै ।

त्यसैले यस्ता तस्करी निरन्तर चलिरहेको छ । यसको अर्थ कहीँ न कहीँ पक्कै लुपहोल छ । अब अनुसन्धान त्यसतर्फ केन्द्रित हुनुपर्छ । जहाँ अहिलेसम्म सोच्नै सकिएको छैन ।’

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५