पूर्वाञ्चल खबर
आज विहान भएको नकआउट चरणको दोस्रो खेलमा पोर्चुगलको चुनौतीलाई २–१ गोल अन्तरले पन्छ्याउँदै उरुग्वे अन्तिम आठमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुने पक्क भएको छ । आजै भएको खेलमा फ्रान्सले दई पटको विश्व विजेता तथा साविक उप–विजेता अर्जेन्टिनालाई ४–३ गोलले हराएर अन्तिम आठमा स्थान पक्का गरेको थियो ।
उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए । खेलको ७ औं मिनेटमा लुइस स्वारेजको क्रसफिल्डले उपलब्ध गराएको बललाई पोर्चुगलका इडिन्स काभानीले हेडमार्फत बललाई जाली चुमाएका थिए ।
खेलको ५५ मिनेटमा पोर्चुगलका गोल पेपेले हेडमार्फत गोल गर्दै बराबरी गोल फर्काउन सफल भए । उनले डिफेन्डर राफायल गियुरेइरोको क्रसमा हेडमार्फत गोल गरे । ६२ मिनेटमा उरुग्वेका काभानीले डिबक्स भित्रबाट लोभलाग्दो गोल गद्र्यै उरुग्वेलाई २–१ के गोलको अग्रतामा ल्याए ।