मिनिल्याण्डले मनायो असार १५

खबर पूर्वाञ्चल, १५ असार २०७५, शुक्रबार २०:३२
फाइल तस्वीर

रंगेली / रंगेलीमा रहेको मिनिल्याण्ड ईङलिस बोर्ङिङ स्कुलले असार १५ मनाएको छ । स्कूलले विद्यार्थीहरुलाई खेतमा लगेर धानको बीउ उखेल्न र हिलो पारिएको खेतमा धानको बेर्ना रोप्न लगाएर असर १५ मनाएको हो ।

आजको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाएर आफ्नो संस्कृतिलाई झल्काएका छन् ।

उनीहरुले खेतमा स–साना बालबालिका र ठुला व्द्यिार्थीलाई समेत मनोञन समेत गराएका थिए । प्रसादीको रुपमा दहि चिउरा समेत बालबालिका लाई खुवाएका थिए ।
विद्यार्थीहरुलाई पढाइमा मात्रै नभए र अतिरिक्त क्रियाकलापको अति आवस्यक रहेको हुनाले बालबालिकालाई मनोञनको लागि आसर १५ मनाएको स्कूलका प्रिन्सिपल विकर्ण कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५