युवाको लागि सिपमुलक तालिम सुरु

खबर पूर्वाञ्चल, १४ असार २०७५, बिहीबार २०:४१

विराटनगर/ विराटनगर महानगरपालिका क्षेत्रका पिछडा तथा बेरोजगार युवाहरुलाई एक महिने सिपमुलक तालिम आजदेखि सुरु भएको छ ।

जय नेपाल होटल म्यानेजेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रा.लीको आयोजना र विराटनगर महानगरपालिको आर्थिक सहयोगमा भएको तालिममा ३५ जना किशोर ÷ किशोरीहरुको उपस्थीति रहेको छ ।

वेरोजगार युवाहरुलाई रोजगारीको वातावरण सृजना गर्ने उद्देश्यले महानगरपालिको आर्थिक सहयोगमा विराटनगरमा तालिम सुरु गरेको आयोजक समितिका अध्यक्ष मो. इर्शाद अन्सारीले जानकारी दिए ।

सिप मुलक तालिममा मोवालय मर्मत, ब्यूटिसियन, कम्प्यूटर हार्डवेयरलगायतको विभिन्न तालिमहरु पर्दछ । तालिमको उद्घाटन महानगरपालिको प्रमुख भीम पराजुलीले उदघाटन गरे । उद्घाटन गर्दै पराजुलीले युवाहरुको लागि यस्तो तालिम आवश्यक रहेको बताए । सिकेको सिपलाई व्यवहारमा उतारेर रोजगारी सृजना गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५