कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई कान्तिपुर कलेजले लियो प्रवेश परीक्षा

खबर पूर्वाञ्चल, १४ असार २०७५, बिहीबार १३:४६

विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहीबार प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५०का लागि लिएको परीक्षामा १ हजार ७ सय ४७ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल सन्तोष भगतले जानकारी दिए । प्रिन्सिपल भगतका अनुसार विज्ञान संकायमा १ हजार १ सय ३४ र व्यवस्थापन संकायमा ६ सय १३ विद्यार्थीले परीक्षा दिएको बताए ।

कक्षा ११ र १२ को सर्वोत्कृष्ट नतिजा, मेडिकल र ईन्जिनियरिङको तयारी कक्षाका साथै अतिरिक्त कृयाकलापमा प्रदेश नम्बर १ कै उत्कृष्ट नजिता आएकाले पनि छोटो समयमै विद्यार्थीको पहिलो रोजाई कान्तिपुर कलेज रहेको साहायक प्रिन्सिपल भुवन नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५