पूर्वाञ्चल खबर
आज विहान सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २–० गोलले पराजित छ । पहिलो खेलमा स्वीटजरल्याण्डसँग १–१ बराबरीमा रोकिएको ब्राजिल दोस्रो खेलमा कोष्टारिकाविरुद्ध इन्जुरी टाइममा मात्र गोल गर्न सकेकाले पनि सर्विया आशावादी थियो ।
ब्राजिलको जितमा पाउलिन्होले ३६ मिनेटमा गोल गरेर अग्रता दिलाए। उनले काउटिन्होले दिएको पासमा सर्वियाका गोलकिपरलाई छक्काउदै गोल गरेका थिए । ब्राजिलका लागि दोस्रो गोल डिफेन्डर थियागो सिल्भाले गरे । उनले ६८ मिनेटमा नेइमारले प्रहार गरेको कर्नर बलमा गोल गरे
यता अर्को खेलमा स्वीजरल्याण्ड र कोस्टारिका विचको खेल २–२ को बराबरीमा टुंगिएको छ । स्विट्जरल्याण्डका लागि ३१ मिनेटमा जेमाली गोल गरेका थिए । तर कोस्टारिकाका लागि केन्डल वाड्सनले ५६ मिनेटमा बराबरी गोल फर्काउन सफल भए ।
स्विट्जरल्याण्डका लागि ड्रामिकले ८८ मिनेटमा दोस्रो पटक टिमलाई अग्रता दिलाएपनि कोस्टारिकाका लागि सोमारले पेनाल्टीमा गोल गगर्दै खेल बराबरीमा टुङ्ग्याएका थिए ।