विराटनगर विमानस्थल धावन मार्गसहित ३ हजार मिटर विस्तार गर्ने

खबर पूर्वाञ्चल, १३ असार २०७५, बुधबार २०:०१

विराटनगर / १ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको आज वसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई ३ हजार मिटरको धावन मार्गसहित अन्तर्राष्ट्रिय स्तरको स्तरोन्नति विस्तार गर्ने निर्णय गरेको छ ।

हाल १ हजार ५ सय मिटर लम्वाई भएको धावन मार्ग बिस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न जरुरी भएको भन्दै संघीय सरकारलाई पत्र पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए । संघीय सरकारले विराटनगर विमानस्थलको धावन मार्ग २ हजार ४ सय मिटरमा विस्तार गर्ने तयारी थालेपछि प्रदेश सरकारले त्यसलाई ३ हजार पु¥याउनु पर्ने निर्णय लिइएको हो ।

विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न जनस्तरबाट चर्को दवाव आइरहेको र निर्वाचनको बेला अधिकांश राजनीतिक दलले अन्तराष्ट्रिय विमानस्थल बनाउने बाचा गर्दै मतसमेत मागेकोले प्रेश सरकारले महत्वपूर्ण निर्णय लिएको हो । यद्यपी २ हजार ४ सय मिटरको धावन मार्ग सहज विस्तार गर्न सकिने र त्यसबाट अन्तराष्ट्रिय उडान भर्न समस्या नहुने भएकोले सहज बाटो रोज्न पर्यटन व्यवसायिहरुले सुझाव दिदै आएका थिए ।

त्यसैगरी भोजपुर जिल्ला निवासी पत्रकार धु्रव सुवेदीलाई उप सचिव तलव सुविधा प्राप्त गर्ने गरी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदले पठाएको प्रदेश सुशासनको प्रत्याभुति गर्ने सम्वन्धमा बनेको विधेयक –२०७५, आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको प्रदेश कर तथा गैह्रकर राजश्व सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७५ र प्रदेश वित्त व्यवस्थापन विधेयक –२०७५ प्रदेश सभामा पठाउने निर्णय गरेको छ ।

यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्रदेश विपद व्यवस्थापन गर्न बनेको विधेयक –२०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक –२०७५ लाई सैद्धान्तिक सहमति प्रदान गरिएको प्रवक्ता मन्त्री कार्कीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५