पूर्वाञ्चल खबर
किशोरीहरुमा भएको सौन्दर्यता तथा व्यत्तित्व विकाशलाई अझ प्रभावकारी ढंगबाट अगाडी बढाउन तथा यस प्रकारका प्रतियोगीता गराउन लागेको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालि विर्तामोड झापाका मेनजिङ डाईरेक्टर प्रनित पुडाशैनीले जनाकारी दिए ।
उनका अनसार प्रतियोगितमा १५ बर्षदेखिका २४ बर्ष उमेरका जो कोही किशोरीले सहभागिता जनाउन सक्नेछन् । यसका लागी आगामी असार १७ गतेबाट अडिसन सुरु गरिने पुडाशैनिको भनाई छ । अडिसन एक नम्बर प्रदेशको विराटनगर, ईटहरी, दमक, झापा, ईलाम, वितौमोडलगायतका स्थानबाट गरिने जनाईएको छ ।
करिब डेढ महिनाको आन्तरिक प्रशिक्षणमा व्यात्तित्व विकास तथा नेतृत्व विकाससँगै ३३ वटा फरक फरक शैलीमा तालिम प्रदान गरिने जनाएको छ ।
एक नम्बर प्रदेशबाट छनौट भएका करिब ३० जनालाई एलिसा अधिकारीले कोरीयोग्राफी गर्दै छिन् । ‘प्रदेश नम्बर १ स्तरीय महिला सौर्दय प्रतियोगीता २०१८’ को विजेताले नगद ५० हजार, फस्ट रनर अफले २० हजार र सेकेण्ड रनर अपले १५ हजारका साथमा उच्च शिक्षा हाशिलको लागी स्कलरसिपको पनि व्यावस्था रहेको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालिका एक्सक्लुसिप डाईरेक्टर सरोज खरेलले जानकारी दिए । साथै विजेताले स्वत मिस नेपालमा सहभागिता जनाउन सक्ने व्यावस्था पनि गरिएको आयोजकले जनाएको छ ।
ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालि यस अघि मिस टिन, मिस मेची र मिस एसईई सम्पन्न गरेको छ ।