AArya
RUMPUM
animated ellipse animated ellipse

आयोजक रसियालाई पराजित गर्दै उरूग्वे बन्यो समूह विजेता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०७५, सोमबार २२:०५
3
Shares
?
विराटनगर /आयोजक रसियालाई पराजित गर्दै विश्वकप फुटबल–२०१८ को उरुग्वे समूह विजेता बनेको छ । यस अघिनै नकआउट चरणमा पुगेको उरुग्वेले आज भएकोसमूह ’ए’ को अन्तिम खेलमा आयोजक रसियालाई ३–० गोलले पराजित गर्दै उरुग्वे समूह विजेता बनेको हो ।

उरुग्वेले लगातार ३ खेल जित्दा रसियाले २ जित र १ हार बेहोर्दै उपविजेत ाबनेको छ । उरुग्वेले कुनै पनि विश्वकपका समूह चरणमा तीनै खेल जितेको यो पहिलो पटक हो ।

उरुग्वेका लागि लुईस सुआरेजले दशौं मिनेटमा फ्रिकिकमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि रुसका डेनियल चेरसेभले २३ औँ मिनेटमा सुसाइड गोल गरे। जसले उरुग्वेको अग्रता दोब्बर बन्यो। ३६ मिनेटमा रसियाका स्मोलनिभो दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाडेपछी रसिया १० खेलाडीमा सीमित बन्यो ।उनले यस अघि २७ मिनेटमा पनि पहेँलो कार्ड पाएका थिए।

अन्तिम मिनेटमा उरुग्वेका इडिन्सन काभानीले गोल गर्दै उरुग्वे जित सुनिश्चत गरे ।
अब अन्तिम १६ मा उरुग्वेले समूह बीको उपविजेता तथा रसियाले विजेतासँग खेल्नेछ । समूह बीका स्पेन, पोर्चुगल र इरान मध्ये २ टिम विजेता र उपविजेता बन्नेछन् । समूह चरणको तीन वटै खेल जितेको उसको ९ अंक भएको छ भने रसियाको ६ अंक छ । समूह चरणबाटै बाहिरिएका साउदी अरेबियाले अन्तिम खेलमा इजिप्टलाई २-१ ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर