AArya
RUMPUM
animated ellipse animated ellipse

टोल सुरक्षा समितिद्वारा सचेतना कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७५, आईतवार २१:०९
3
Shares
तिलकुमारी शर्मा
विराटनगर / टोल सुरक्षा समिति विराटनगर ९ को आयोजनामा आज विराटनगरमा महिला हिंसा,बाल अधिकार, बालविवाह, लैङ्गिक विभेद, कानूनी सजायँ तथा ट्राफिक नियम सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा टोल सुरक्षा समितिका संयोजक नगेन्द्र भगत,कोषाध्यक्ष शशीभूषण साह, सदस्यहरु गृहलक्ष्मी महाजु, लिना उपाध्याय, गृहलक्ष्मी महाजु, प्रहरी जवान योगेश दाहाल,गंगा खत्रीलगायतले प्रशिक्षण दिएका थिए ।

महिला र बालबालिकाहरु बढी हिंसाको शिकार हुने गरेको र बालविवाह पनि नरोकिएकाले सचेतना कार्यक्रम गर्नुपरेको टोल सुरक्षा समितिका अध्यक्ष नगेन्द्र भगतले बताए । वडाका अन्य टोलमा पनि विभिन्न विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको टोल सुरक्षा समितिले जनाएको छ । ४०जना भन्दा बढीको सहभागिता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर