पूर्वाञ्चल खबर
विराटनगरमा रहेको एभरेष्ट स्कूलकी कृतिका थापा नेपाल टप भएको स्कूलले दावी गरेको छ । एभरेष्टबाट १ सय ४७ जनाले दिएको परीक्षामा ९० जनाले ३।६१ जीपीएभन्दा बढी, ५६ जनाले ३।२५ देखी ३।६ जीपीए ल्याएको स्कूलका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । कृतिकाले ४ जीपीए ल्याएकी छिन् ।
सगरमाथा स्कूलबाट १ सय ८१ जना विद्यार्थीले दिएको परीक्षामा ५१ जना विद्यार्थीले ३.६ जीपीए, १ सय २५ जनाले ३.२ देखि ३.५ जीपीए र ५ जनाले ३.१० जीपीए ल्याएको स्कूलका प्रिन्सिपल बिनोद अधिकारीले बताए । त्यस्तै मोर्डनएरा स्कूलबाट ६० जनाले दिएको परीक्षामा ४ जनाले ३.९ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको स्कूलका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए ।
विराटनगरको हाटखोलामा रहेको ग्रेडेड स्कूलबाट ३८ जना विद्यार्थीले दिएको परीक्षामा सुरज खड्काले उत्कृष्ट नतिजा ल्याएका छन् । उनले ३.८ जीपीए ल्याए स्कूल टप गरेका छन् । स्कूलका ४ जनाले ३.६ जीपीए, २१ जनाले ३.२ देखि ३.५ जीपए र १३ जनाले २।८ जीपीए भन्दा बढी ल्याएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।
६६ जना विद्यार्थी सहभागि बुढानिलकण्ठ स्कुलबाट ११ विद्यार्थी ए प्लस, ३४ जना ए र २१ जना विद्यार्थीले बी प्लस ग्रेट ल्याएका छन् । त्यस्तै अन्नपूर्ण एकेडेमी विराटनगरबाट १ जना विद्यार्थीले ए प्लस, १३ जनाले ए र ९ जनाले बि प्लस ल्याएका छन् ।
त्यस्तै कान्तिपुर स्कूलबाट २८ जनाले दिएको परीक्षामा ४ जनाले ३.६ जीपीए, १४ जनाले ३.२ देखि ३.५ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको स्कूलका भाइस प्रिन्सिीपल देविलाल महतो बताए । त्यस्तै लर्डबुद्धका ४४ जना विद्यार्थीमा १२ जना ए प्लस र ३२ जना ए ल्याएको प्रिन्सिपल सिएम श्रेष्ठले बताए ।
त्यसैगरी कोशी विद्या मन्रिका ५५ा विद्यार्थी सहभागि भएकोमा १४ जना ए प्लस,३८ जना ए र ३ जनाले वि प्लस ल्याएको प्रिन्सिपल धिजनबाबु काफ्लेले बताए ।
विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन, बाल्मिकी, नमुना बोर्डिङ स्कूल, गौतम बुद्ध, बिकेभिएम, अरनीको स्कूल, मदर टेरेसा, सेन्टजोसेफ, अर्किड, सिद्धार्थलगायतको स्कूलले उत्कृष्ट नतिजा ल्याएका छन् ।