महानगरको बजेट चार अर्ब ४७ करोड

खबर पूर्वाञ्चल, १० असार २०७५, आईतवार १८:४८
तस्वीर -पुष्पराज थपलिया

विराटनगर / आगामी आर्थिक बर्ष २०७५÷०७६ कालागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । आज आयोजित दोस्रो नगर सभामा महानगरपालिकाले चार अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

महानगरले सार्वजनिक गरेको बजेटमा केन्द्र सरकारको अनुदानसँगसँगै क्षेत्रिय सहरी विकास परियोजना र मझौला सहर एकिकृत शहरी वातावरणीय सुधार परियोजनाको बजेट समेटिएको छ ।

महानगरपालिकाकामेयर भीम पराजुलीले प्रस्तुत गरेको बजेटमा महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एसियाली बिकास बैंकको ऋण सहयोगमा सञ्चालित दुई परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख गरी ४ अर्ब ४७ करोड ८ लाख ४९ लाखको बजेट सार्वजनिक गरेको हो ।

महानगरको बजेटमा आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख, राजस्व बाडफाड तर्फ ३७ करोड ५ लाख ४ हजार, संघिय र प्रदेश सरकार वितीय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार, संघिय सरकार ससर्त अनुदान, बिषयगत कार्यालय तर्फ ४४ करोड ९६ लाख र बिषेश र समपुरक अनुदान तर्फ १० करोड, संघिय सरकार ससर्त अनुदान ३६ करोड १५ लाख, बैदेशिक तथा अन्य संघ संस्था अनुदान तर्फ ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगरबिकास कोष ऋण सहयोग १ करोड ८० लाख र नगर मौज्दजाद ७ करोड गरी २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय आर्जन हुने अनुमान गरिएको छ ।

बजेट मध्ये नगरपालिका तर्पmको चालु खर्चकालागि कुल बजेटको ७.५३ प्रतिशत अर्थत ३३ करोड ६८ लाख ५२ हजार बजेट विनियोजन भएको छ भने सामाजिक सुरक्षा भत्ताकालागि २० करोड विनियोजन भएको छ भने भौतिम पूर्वाधार तर्फ ३ अर्ब २५ करोड ३ लाख ३३ हजार बजेट बिनियोजन भएको छ । वातावरण, सरसफाई, वितिय व्यावस्थापन, सूचना प्रविधि, संस्थागत विकास, सेवा प्रवाह र सुशासनकालागि ५ करोड ९३ लाख ३० हजार बजेट विनियोजन भएको छ भने सामाजिक विकास, महिला तथा बालवालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपन्छी कार्यक्रमकालागि ६२ करोड ४३ लाख ३४ हजार बजेट विनियोजन भएको छ ।

हिलोमुक्त विराटनगर बनाइने

विराटनगर महानगरपाकिाले आर्थिक वर्षको लागि निती तथा कार्यक्रमसँगै बजेट समेत सार्वजानिक गरेको छ । ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनर’ नारा दिएर निती तथा कार्यक्रम सुरु गरेको छ ।

निती तथा कार्यक्रममा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा गरिवी निवारलाई प्रमुख आधार बनाएको कार्यक्रम ल्याएको मेयर पराजुलीले बताए । महानगरपालिाले सार्वजानिक गरेको निती तथा कार्यक्रममा दुइ वर्ष भित्रमा विराटनगरको सबै कच्ची सडकमा ग्राभेल गरि महानगरलाई हिलोमुक्त बनाउने योजना अघि सारेको छ । त्यस्तै महानगर क्षेत्रमा ३ वटा अन्तराष्ट्रिय मापदण्डको पौडी पोखरी निमार्ण गर्ने, शहीद रङशालामा रात्रिकालीन खेलकुद सञ्चालनको लािग फ्लडलाइट जडानको लागि प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ ।

१५ शैयाँको नगर स्तरीय अस्पताल

महानगरले सार्वजानिक गरेको निती तथा कार्यक्रममा विराटनगर १५ र १९ नम्बर वडामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई १५ शैयाँको नगरस्तरीय अस्पतालमा स्तरोन्न्ती गर्ने भएको छ । स्थानिय स्तरमै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न महानगरपालिको वडामै नगरस्तरीय अपस्तालको रुपमा स्तरोन्नती गर्न योजना अघि सारेको हो । नगरबासीको लागि निःशुल्क मोतिया बिन्दु रोगको उपचार गर्ने व्यवस्था मिलाएको छ । विराटनगरमा रहेको कोशी अञ्चल अस्पताललाई प्रदेशस्तरको अस्पताल तथा मेडिकल कलेज बनाउने दीर्घकालीन योजना लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५