पूर्वाञ्चल खबर
बातावरणीय प्रभाव मूल्याङकन नगरिएको खोलाको अबैध उत्खनन गरी ढुंगागिटी तस्करी गरेको आरोप लागेका विवादास्पद ठेकेदार पौडेललाई ६ लाख पाच हजार ९ सय रुपैया जरिवाना गरिएको हो ।
अबैध रुपमा उत्खनन गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति गठन गरेको थियो । प्राविधिक टोली सहितको छानविन समितिको सिफारिस अनुसार ठेकेदारलाई जरिवाना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
प्रशासनले गठन गरेको छानविन समितिले च्यानलाईज गर्न नगरपालिकाले पनि बिधि र प्रकृया नपू¥याएको प्रतिवेदन दिएको छ । प्रतिवेदनमा च्यानलाइज गर्नुपर्ने ढुंगागिटी निकालेर बिक्री गरिएको उल्लेख छ ।
समितिले अध्ययन पछि ७ सय घन मिटर क्षेत्रको ढुंगागिटी उठाएर बिक्री गरेको निष्कर्ष सहित ६ लाख ५ हजार नौ सय रुपैया जरिवाना तिराएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार ठेकेदार पौडेलले जरिवना बापतको रकम पनि तिरिसकेका छन् ।
छानविन समितिले मिक्लु र सोल्टी खोलाको ढुंगागिटी उर्लाबारीका वडाहरुमा सडक निर्माणकालागि प्रयोग गर्दापनि ठेकेदारले शूल्क लिएको निष्कर्ष निकोलको थियो । ठेकेदारले उपभोक्ता समितिलाई शुल्क लिएर विक्री गर्दा करको रसित पनि थमाएका थिए ।
‘बातावरणीय प्रभाव मूल्याङकन (इआइए) नगरिएको खोला उत्खनन गर्न पाइन्न’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ‘स्थानीय सरकारको पनि कमजोरी देखियो ।’ उनी नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेपनि कार्यान्यन गर्नकालागि प्रकृया पूरा नगरेको बताउछन् ।
बर्षाैदेखि ढुङ्गा गिटीको कारोवार गर्दै आएका ठेकेदार पौडेलले जानाजान तस्करी गरेको समितिको निष्कर्ष छ । अनुगमन समितिस“ग ठेकेदारले मौखिक रुपमा मेयरले भनेपछि काम सुरु गरेको बताएका थिए ।
‘च्यानल खन्दा खनिएको सामाग्री दायाबाया थुपार्नुपर्ने हो ’ आचार्यले भने ‘ च्यानलाइज गरिएको मध्ये ७० प्रतिशत ढुंगागिटी उठाएर अन्यन्त्र लगिएको छ ।’ अध्ययन गर्दा ३० प्रतिशत हाराहारी सामाग्री च्यानल गरिएको क्षेत्रमा भेटिएको थियो ।
नगरपालिकाले ४५ लाख बजेट विनियोजन गरी सोल्टी र मिक्लु खोलालाई च्यानलाइज गर्ने निर्णय गरेको थियो । नगरपालिका बैठकको फाइदा उठाउदै फागोले आफूखुसी ठेकेदार भीम पौडेललाई खोलाको जिम्मा दिएका थिए । खोला जिम्मा दिएपनि दिने भनिएको ४५ लाख रकम निकास भएको छैन् । फागोको योजना सफल नभएपछि रकम निकासा पनि नभइ रोकिएको छ ।