AArya
RUMPUM
animated ellipse animated ellipse

साकिरीको निर्णायक गोलमा स्विट्जरल्याण्डसँग सर्विया स्तब्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०७५, शनिबार ०७:३०
3
Shares
विराटनगर / साकिरीको निर्णायक गोलमा स्विट्जरल्याण्डले सर्वियालाई पराजित गरी विश्वकपको नकआउट चरणमा पुग्ने आशा जिवितै राखेको छ ।

गए राती सम्पन्न खेलमा सर्बियालाई स्वीजरल्यान्डले १ का विरुद्ध २ गोलले पराजित गरेको हो । समूह ’ई’ को खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन साकिरीले निर्णायक गोल गरेका थिए। उनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि स्विट्जरल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको हो । खेलमा ५ औं मिनेटमा सर्बियाका अलेक्जेन्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिएका छन । खेलको ५२ औं मिनेटमा स्वीजरल्याण्डका ग्रानिट जाकाले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ९० मिनेटमा स्वीजरल्याण्डका हसर्न साकिरील गरेको गोलनै खेलको निर्णायक भयो ।

समूह ’ई’ बाट ३ टिमको अन्तिम १६ मा पुग्ने सम्भावना रहेको छ । शीर्ष स्थानको ब्राजिल र दोस्रो स्थानको स्विट्जरल्यान्डको समान ४–४ अंक छ । तेस्रो स्थानको सर्वियाको ३ अंक छ । यता लगातार २ खेलमा पराजित भएको कोस्टारिका बाहिरिएको छ । अब अन्तिम चरणमा ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोस्टारिकाबीच खेल हुनेछ। अन्तिम १६ मा पुग्न ब्राजिल र स्विट्जरल्यान्ड बराबरी भए पुग्छ भने सर्वियालाई जितको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर