पूर्वाञ्चल खबर
भोल्गोग्राड स्टेडियमा आज भएको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २–० को गोल अन्तरले पराजित गरेको छ । दुवै गोल नाइजेरीयाका मुसाले २ गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नाइजेरियाले अग्रता बनाएको थियो । नाइजेरियाका अहमेद मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ७५ औं मिनेटले मुसाले पुनः गोल गर्दै नाइजेरियालाई नकआउट चरण प्रवेशको सम्भावना कायमै राखेका छन् ।
यो जितसँगै नाइजेरिया ३ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइसल्याण्ड र अर्जेन्टिना समान एक अंक जोडेका क्रमश तेस्रो र चौथोमा रहेका छन् ।
नाइजेरियाको जितले अर्जेन्टिनाको सम्भावना पनि जिवितै रहेको छ । अब आइसल्याण्डले अन्तिम खेलमा क्रोएसियासँग हारेमा र नाइजेरिया अर्जेन्टिनाको विजेता टोली उप–विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्नेछ ।
खेलको अन्त्यतिर भीएआरमार्फत आयसल्याण्डले पेनाल्टी पाएको थियो तर,आइसल्याण्ड कप्तान गेल्फी सिगुडसनको प्रहार फ्रेममा नै पर्न सकेन ।