पूर्वाञ्चल खबर
खोलाबाट को २ त ७५४९, को २ त ५४१६ र को २ त् ७८४७ नम्बरको ट्याक्टर ढुंगा सहित नियन्त्रणमा लिएर कारवाहीकालागि जिल्ला समन्वय समिति मोरङमा पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
घरेलु मदिरा बरामत
प्रहरीले आज एकसय लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर कारवाहीकालागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १ शंकरपुर चोक, परोपकार घाटलगायतका स्थानबाट अबैध घरेलु मदिरा नियन्त्रणमा लिई कारवाहीकालागि पठाएको हो ।