AArya
RUMPUM
animated ellipse animated ellipse

मन्दिरमा दलित महिला पुजारी, ‘उपल्लो जात’का मानिस आशीर्वाद लिन्छन् !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७५, बिहीबार ०७:२५
3
Shares
नागेश्वर महादेव मन्दिरमा पुजारी बसेकी पार्वती विश्वकर्मा । तस्वीर : नयाँ पत्रिका
दाङ / छुवाछुत अपराध मानिए तापनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा भने यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् ।

घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् । भारतमा जन्मिएकी पार्वती तीन वर्षअघि तीन छोरी र श्रीमानका साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बसिरहेकी छिन् ।

मन्दिरभित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहेँलो वस्त्र लगाएकी, निधारमा पनि पहेँलै फेटा बाँधेकी, घाँटीमा रुद्राक्ष माला लगाएकी पुजारी पार्वती विश्वकर्माबाट आशीर्वाद लिनेकाे भिड नै लाग्छ। मन्दिर पुगेका सबैले उनीसँग आशीर्वाद मागेर फर्कन्छन् ।

पार्वती यसरी बनिन् पुजारी
पार्वतीका अनुसार उनी दाङ आएको वर्ष गाउँको सिरानको गोरेटो बाटोछेउको चट्टानको प्वालमा पहेँलो रङका दुईवटा सर्प देखिए । ती सर्प त्यही प्वालभित्र पसे । पार्वती त्यही समयमा नजिकैको खोलामा नुहाउँदै थिइन् । एकाएक उनी सर्पकै तालमा शरीर ढाल्दै बर्बराउन थालिन् । ‘मलाई नफर्काऊ, म स्वर्गद्वारीबाट आएको हुँ, मलाई यहीँ बस्न देऊ’ जस्ता शब्द बोल्दैै उनी नागबेली शैलीमा लडिबुडी गर्न थालिन् । जुरुक्क उठेर नाग भएको ठाउँमा पूजाआजा गर्न थालिन् । स्थानीयलाई लाग्यो उनको शरीरभित्र ‘नागदेवता’ चढेछन् । पार्वतीमाथि ‘देवताको कृपा’ भएको भन्दै स्थानीयले मन्दिर बनाइदिने वाचा गरे । सोही स्थानमा पार्वतीकै पहलमा दाताहरूको सहयोगबाट नागेश्वर महादेव–पार्वती मन्दिर, गणेश मन्दिर, शिव मन्दिर र गौशालासमेत स्थापना गरिएको छ । गाउँलेले मुख्य पुजारीका रूपमा पार्वतीलाई नै तोकेका छन् ।आजको नयाँ पत्रिका दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर