RUMPUM
animated ellipse animated ellipse

इरानमाथी स्पेनको संघर्षपूर्ण जीत, भिएआर रिभ्यूले इरानलाई डुबायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७५, बिहीबार ०७:०६
3
Shares
गोल गरेपछि खुसीयाली मनाउँदै स्पेनका डिएगो कोस्टा
विराटनगर / युरोपियन फुटबल जायन्ट स्पेनले विश्वकप २०१८ मा पहिलो जीत हासिल गरेको छ। स्पेनले गए राती इरानसँग भएकोसंघर्षपूर्ण खेलमा इरानलाई १–० को गोलले पराजित गरेको छ ।

स्पेनलाई जीत दिलाउन डिएगो कोस्टाले ५४औँ मिनेटमा गोल गरेका थिए । उनको गरेको गोल नै खेलको निर्णायक सावित भयो । उनी खेलको म्यान अफ द म्याच समेत बने ।
जीतसँगै उसले ४ अंक बटुलेको छ। स्पेन र एशियाली राष्ट्र इरानबीचको समूह चरणको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा इरानले खेलमा फर्किने केहि महत्वपूर्ण मौका गुमायो। उसले गरेको एक गोल अफसाइड भएको थियो । भिएआरबाट सो गोललाई अफसाइड घोषणा गरिएको थियो ।

समूह ’बि’को अन्तिम चरणमा स्पेन र मोरक्को तथा पोर्चुगल र इरानबीच खेल हुनेछ। अन्तिम १६ मा पुग्न स्पेन र पोर्चुगललाई बराबरी काफी छ भने इरानका लागि जित निकाल्नै पर्ने स्थिति छ । स्पेनले पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई २–० ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर