पूर्वाञ्चल खबर
खेलको ३७ मिनेटमा पोल्याण्डका थियागो कोनेक्टले सेनेगलका खेलाडीको प्रहार रोक्ने क्रममा डिफ्लेक्ट हुँदै आफ्नै पोस्टमा छिरेपछी सेनेगलले अग्रता लिएको थियो । ६० मिनेटमा पोल्याण्डका गोलकिपर अघि बढेको मौकामा सेनेगलका नियाकले खाली पोस्टमा गोल गर्दै अग्रता दोब्बर पारे
खेल सकिन चार मिनेट बाँकी छदा पोल्याण्डका क्रिचोवाकले सान्तवना गोल फर्काए । सेनेगलभन्दा बलियो मानिएको पोल्यान्डले सुसाइड गोलका कारण खेलको नतीजा सुम्पनुपरेको थियो। जसबाट पोल्यान्डका खेलाडी स्तब्ध भएका थिए। यो जीतसँगै सेनेगल रसिया विश्वकपमा जीत हासिल गर्ने पहिलो अफ्रिकी टीम भएको छ। विश्वकपमा यो जीत सन् २००१ पछिको पहिलो हो। योसँगै पहिलो चरणमा सवै टिमको खेल पूरा भएको हो।